प्रधानमन्त्री भेट्न बाबुराम बालुवाटारमा, बन्ला त एमालेसहितको गठबन्धन ? – Nepal Press

प्रधानमन्त्री भेट्न बाबुराम बालुवाटारमा, बन्ला त एमालेसहितको गठबन्धन ?

काठमाडौं । एमसीसीले सत्ता गठबन्धन संकटमा परेका बेला प्रधानमन्त्री शेरबहादुर वहादुर देउवालाई भेट्न जसपाका संघीय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई बालुवाटार पुगेका छन् ।

सत्ता गठबन्धनको जसपाभित्र उपेन्द्र यादव अस्पष्ट भएपनि बाबुराम एमसीसी पारित गर्नुपर्ने पक्षमा प्रष्ट छन् । नेकपा एमाले, कांग्रेस, लोसपा र जसपाको बाबुराम पक्षको समर्थनमा अर्को गठबन्धन बनाउनेतर्फ संवाद अघि बढेको भट्टराई निकट स्रोतले जनाएको छ ।

यद्यपी घटनाक्रमहरु अझै प्रष्ट नभएकाले भावी गठबन्धनको स्वरुप बनि नसकेको स्रोतको दावी छ । जसपामा पछिल्लो समय बाबुराम र उपेन्द्र पक्षबीच लगभग संवादहीनता छ । बाबुराम पक्षले वहुमत कार्यकारिणी सदस्य र सांसहरुको हस्ताक्षर संकलन गरिरहेको छ ।

प्रधानमन्त्रीसँग्को वार्तामा कृषिमन्त्री महिन्द्र राय यादव र जसपा नेता इस्यिाक राई पनि सहभागी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर