विपन्नलाई घर बनाउन कर्णाली सरकारले पाँच करोड छुट्यायो (भिडिओ) – Nepal Press

विपन्नलाई घर बनाउन कर्णाली सरकारले पाँच करोड छुट्यायो (भिडिओ)

सुर्खेत । कर्णाली प्रदेश सरकारले विपन्न नागरिकका घर बनाउन पाँच करोड बजेट छुट्याएको छ । यो बजेटले कम्तीमा एक सय घर बनाउने सरकारको लक्ष्य छ ।

बुधबारको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको कर्णाली सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्टले पत्रकार सम्मेलनमार्फत जानकारी दिए ।

‘घरै बनाउन नसक्ने हिमाली जिल्लामा पाँच लाख र अन्य जिल्लाका हकमा चार लाखका दरमा घर बनाइने छ ’, उनले भने, ‘त्यसका लागि जनता आवास कार्यक्रममा दलित समुदायलाई प्राथमिकता दिइएको छ भने विपन्न आवास कार्यक्रममा जुनसुकै नागरिक पनि पर्ने गरी कार्यविधि तयार गरेका छौं ।’

यसैबीच, मुख्यमन्त्रीको सामाजिक सल्लाहकारमा गुर्भाकोट-२ सुर्खेतका डा. नरेशविक्रम राणालाई नियुक्त गरिएको छ । यस्तै, बेरुजु बढेपछि प्रदेश बेरुजु व्यवस्थापन सूचना प्रणाली कार्यान्वयनमा ल्याउने पनि निर्णय गरिएको छ ।

अब सातामा एक दिन बुधबारमात्रै र आवश्यकता अनुसार मन्त्रिपरिषद् बैठक बस्ने साथै २४ घण्टाभित्र निर्णय सार्वजनिक गर्ने निर्णय गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर