रुकुमपूर्वमा टिपर पल्टिँदा दुईको मृत्यु, दुई घाइते – Nepal Press

रुकुमपूर्वमा टिपर पल्टिँदा दुईको मृत्यु, दुई घाइते

रुपन्देही । रुकुम (पूर्व) को भूमे गाउँपालिका– ४ झिङ्गेटारमा बा २ क ७०१८ नम्बरको टिपर पल्टिँदा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पुथाउत्तरगङ्गा गाउँपालिका– ४ का अन्दाजी २५ वर्षका गोविन्द बुढा र भूमे – ५ उपल्लो साकिमका २५ वर्षका दामु बुढा रहेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक दीपेन्द्र बाँनियाले जानकारी दिए ।

उपचारका क्रममा उनीहरुको मृत्यु भएको प्रहरी निरीक्षक बानियाले बताए । यस्तै दुर्घटनामा दुई घाइते छन् । घाइते हुनेमा लामा कन्स्ट्रक्सनका सव इञ्जिनीयर दोलखाका अन्दाजी ३५ वर्षका ध्रुव घिमिरे र उदयपुर चौबन्दिगढी नगरपालिका– ५ का २३ वर्षका रामआशिष चौधरी रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर