नेपालको घातक बलिङसामु ओमान ८७ रनमा समेटियो – Nepal Press

नेपालको घातक बलिङसामु ओमान ८७ रनमा समेटियो

काठमाडौं । ओमानमा जारी आईसिसी टी-२० विश्वकप क्रिकेट छनोटअन्तर्गत तेस्रो स्थानका लागि भइरहेको खेलमा नेपालले टस जितेर पहिला ब्याटिङ रोजेको ओमान ८७ रनमा सिमित गरेको छ। ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर मात्र ८७ रन जोड्न सक्यो।

नेपालका सन्दीप लामिछानेले ३, अविनाश बोहरा, आरिफ शेख, सागर ढकाल र कमलसिंह ऐरीले एक-एक विकेट लिए। सन्दीपले चार ओभरमा १३ रन खर्चिए।

सेमिफाइनलमा पराजित भएका दुवै टोली तेस्रो स्थानका लागि भिड्न लागेका हुन्। अन्तिम चारमा नेपालले यूएई र ओमानले आयरल्यान्डसँग हार ब्यहोरेपछि विश्वकपमा छनोट हुन असफल भएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर