ललितपुर मेयर कप महिला क्रिकेटः लुम्बिनीविरुद्ध प्रदेश–१ विजयी – Nepal Press

ललितपुर मेयर कप महिला क्रिकेटः लुम्बिनीविरुद्ध प्रदेश–१ विजयी

काठमाडौं । कप्तान रुविना क्षेत्रीको उत्कृष्ट प्रदर्शनमा लुम्बिनी प्रदेशलाई ९ विकेटले पराजित गर्दै प्रदेश–१ ले ललितपुर मयर कप महिला टी–२० क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहिबार भएको खेलमा टस जितेर पहिला ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ७९ रनको योगफल तयार गरेको थियो ।

लुम्बिनीले दिएको ८० रनको विजयी लक्ष्य पछ्याएको प्रदेश–१ले १५।४ ओभरमा एक विकेट गुमाउँदै पुरा गर्यो । प्रदेश–१ का लागि कप्तान रुविनाले ४९ बलमा ७ चौकासहित सर्वाधिक ४८ रनको अविजित इनिङ खेलिन् । ओपनर काजल श्रेष्ठ २० रनमा आउट हुँदा अप्सरी बेगाम ९ रनमा अविजित रहिन् ।

लुम्बिनीको वलिङमा कृतिका मरासैनीले १ विकेट लिइन् ।पहिला ब्याटिङ गरेको लुम्बिनीका लागि नेरि थापाले सबैभन्दा धेरै ३१ रनको यागदान गरिन् । ओपनर लक्ष्मी चौधरी २३ रन बाएर पभेलियन फकँदा अन्य ब्याटरले दोहोरो रन जोड्न सकेनन् ।

प्रदेश–१ को वलिङमा सवनम राईले चार ओभरमा एक मेडनसहित ५ रन खर्चेर सर्वाधिक तीन विकेट लिइन् । भने, कप्तान रुविना र हेरमाई रोयले समान १ विकेट लिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर