देउवा-ओली वान टू वान वार्तामा, अन्य नेता बाहिरिए – Nepal Press

देउवा-ओली वान टू वान वार्तामा, अन्य नेता बाहिरिए

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अहिले वान टू वान छलफल गरिरहेका छन् । संसद भवनमा कांग्रेस र एमालेका शीर्ष नेताबीचको भेटघाटपछि दुईजनालाई छाडेर अन्य नेता भने बाहिरिएका छन् ।

अमेरिकी सहायता परियोजना एमसीसीले राजनीतिक माहोल गिजोलेका बेला प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीबीच केही दिनयता भेटघाट बाक्लिएको छ ।

यो पनि पढ्नुहोस् : प्रधानमन्त्री देउवा र ओलीबीच संसद भवनभित्रै छलफल

संसद भवन नयाँ बानेश्वरमा देउवा र ओलीबीच अहिले पनि जारी छ । जारी बैठकबीच निस्केका सरकारका प्रवक्ता एवम संचारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संवादताहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै छलफल जारी रहेको बताए । कार्कीले विकसित राजनीतिक घटनाक्रमबारे थप प्रतिक्रिया भने जनाउन चाहेनन् ।

आजको छलफलमा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ र एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल तथा कांग्रेस महामन्त्री गगन थापा छन् ।


प्रतिक्रिया

One thought on “देउवा-ओली वान टू वान वार्तामा, अन्य नेता बाहिरिए

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर