भोलिको संसद बैठकको कार्यसूचीमा पनि एमसीसी छलफलको प्रस्ताव


काठमाडौं । प्रतिनिधिसभाको शुक्रबार बस्ने बैठकमा पनि एमसीसीमाथि छलफल हुने कार्यसूची राखिएको छ । सरकारको आग्रहमा आजको बैठक अकस्मात् स्थगित गरिएको थियो ।
संघीय संसद सचिवालयले विहीबार सार्वजनिक गरेको शुक्रबारको बैठकको सम्भावित कार्यसूचीको दोस्रो नम्बरमा एमसीसीमाथि छलफल हुने उल्लेख गरिएको छ ।
‘अर्थमन्त्री जनार्दन शर्माले नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एसीसी) बीच भएको अनुदान सहायता सम्झौतामाथि सामान्य छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुहुने,’ कार्यसूचीमा उल्लेख छ ।
आज पनि अर्थमन्त्री शर्माले एमसीसी छलफलका लागि प्रस्ताव पेस गर्ने कार्यसूची थियो । तर, उनी सदन छलेर पत्नीसहित पर्वत पुगेका छन् ।
बैठक शुक्रबार दिउँसो १ बजे बस्नेछ