भारतीय सेनाद्वारा नेपाली सेनालाई एक लाख डोज कोरोना खोप हस्तान्तरण – Nepal Press

भारतीय सेनाद्वारा नेपाली सेनालाई एक लाख डोज कोरोना खोप हस्तान्तरण

काठमाडौं । भारतीय सेनाले नेपाली सेनालाई कोरोनाभाइरसविरुद्धको एक लाख डोज खोप प्रदान गरेको छ । सैनिक मुख्यालय जंगी अड्डामा बिहीबार आयोजित एक कार्यक्रममा खोप हस्तान्तरण गरिएको हाे।

गोर्खा ब्रिगेडका प्रमुख लेफ्टिनेन्ट जनरल पीएन अनन्थनारायणले नेपाली सेनाका रथी बालकृष्ण कार्कीलाई सो खोप हस्तान्तरण गरेका हुन् ।

लेफ्टिनेन्ट जनरल अनन्थनारायणले गोर्खा सैनिकले भारतीय सेनामा देखाएको बहादुरी र समर्पणको प्रशंसा गर्दै गोर्खाली समुदायलाई सेवा गर्ने प्रतिबद्धता व्यक्त गरे ।

भारतले उपहार स्वरुप प्रदान गरेको खोपको स्वागत गर्दै रथी कार्कीले भारतीय सेनाले अघि बढाएको सहकार्यप्रति खुशी व्यक्त गरे ।

सन् २०२० यता कोभिशिल्ड खोप, स्वास्थ्य सामाग्री, एम्बुलेन्स लगायतका सहयोगमार्फत भारतीय सेनाले नेपाली सेनालाई कोरोना महामारी विरुद्ध लड्न सहयोग गरिरहेको छ ।

काठमाडौंस्थित भारतीय दूतावासले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘भारतीय सेनाले प्रदान गरेको यो खोप उपहारले दुई देशका सेनाबीचको सहकार्यलाई पुष्टि गर्दछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर