एमसीसीले रणमैदान बानेश्वर- एभरेष्ट अस्पतालमा उपचार सम्भव नभएका यी को हुन् ? – Nepal Press

एमसीसीले रणमैदान बानेश्वर- एभरेष्ट अस्पतालमा उपचार सम्भव नभएका यी को हुन् ?

काठमाडौं । एमसीसीविरुद्धको आन्दोलनका दौरान भएको झडपमा गम्भीर घाइते भएका एकजनाको उपचार बानेश्वरस्थित एभरेष्ट अस्पतालमा हुन नसकेपछि ट्रमा सेण्टरमा रिफर गरिएको छ । उनको पहिचान खुलेको छैन ।

बानेश्वरमा एमसीसीविरुद्धको आन्दोलनले उग्र रुप लिँदा प्रहरीको अश्रु ग्यास र कुटाइबाट अचेत भएका ती व्यक्तलाई उपचारका लागि एभरेष्ट अस्पताल पुर्‍याइएको थियो । चिकित्सकले अवस्था गम्भीर रहेको भन्दै रिफर गरेपछि एम्बुलेन्सबाट थप उपचारका लागि ट्रमा सेण्टर लगिएको छ । काठमाडौं प्रहरी परिसर प्रवक्ता दिनेश मैनालीले ती व्यक्तिको उपचार भइरहेको बताए ।

संसदमा विचाराधीन एमसीसी सम्झौताको विरुद्धमा नेकपा माओवादी, नेकपा एकीकृत समाजवादी र राप्रपाका कार्यकर्ता तथा विभिन्न राजनीतिक समूहहरु सडक आन्दोलनमा रहेका छन् ।

बानेश्वर क्षेत्रमा लगातार भइरहेको प्रदर्शनलाई मत्थर पार्न ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । प्रहरीले स्थिति नियन्त्रणमा लिन लाठी चार्ज र अश्रु ग्यास प्रहार गरेपनि प्रदर्शन चर्किँदै गइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर