बानेश्वरमा एमसीसीविरोधी प्रदर्शनकारी र प्रहरीबीच झडप (तस्बिर/भिडिओ) – Nepal Press

बानेश्वरमा एमसीसीविरोधी प्रदर्शनकारी र प्रहरीबीच झडप (तस्बिर/भिडिओ)

काठमाडौं । अमेरिकी सहायता परियोजना एमसीसीको विरोधमा बानेश्वरमा जारी प्रदर्शनको क्रममा झडप भएको छ ।

एमसीसी खारेज गर्नुपर्ने माग राख्दै सत्तारुढ दल माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका भ्रातृ संगठन नै आन्दोलनमा छन् । जुलुस संसद भवन घेराउ गर्न अगाडि बढेपछि आन्दोलनकारी र प्रहरीबीच झडप भएको हो ।

सोक्रममा प्रहरीले बल प्रयोग गरेको छ । प्रहरीको अश्रुग्यास र लाठी प्रहारबाट केही प्रदर्शनकारी घाइते भएका छन् । निषेधित क्षेत्र तोडेर पसेका आन्दोलनकारीको ढुंगा प्रहारबाट केही प्रहरी पनि घाइते भएका छन् । बानेश्वर क्षेत्रमा अहिले सवारी आवागमन बन्द छ ।

तीनकुने-माइतीघर सडक खण्डमा सवारी चल्न नदिइ ट्राफिकले जताबाट आको त्यतै गाडी फर्काएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर