एमाले अवरोधबीच एमसीसीमाथि छलफल गर्ने गठबन्धनमा सहमति, प्रत्येकलाई ५ मिनेट

२०७८ फागुन १२ गते १३:४७

काठमाडौं । आजको संसद बैठकमा प्रमुख प्रतिपक्षी नेकपा (एमाले) को अवरोधबीच अमेरिकी सहायता परियोजना एमसीसीलाई छलफलमा लगिने भएको छ ।
कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमसीसी छलफलका लागि प्रस्ताव पेस गरिसकेपछि बोल्न चाहने सांसदलाई समय दिने निर्णय भएको हो । कार्यव्यवस्था परामर्श समितिमा आज पनि एमाले अनुपस्थित भयो ।
छलफलमा भाग लिन चाहने प्रत्येक सांसदलाई ५/५ मिनेटको समय दिइनेछ । सामान्य छलफल सकिएपछि निर्णयार्थ पेस गरिनेछ ।
प्रतिक्रिया
सम्बन्धित खवर