एएफसी एसियन कप छनोट : नेपाल समूह ‘ए’ मा – Nepal Press

एएफसी एसियन कप छनोट : नेपाल समूह ‘ए’ मा

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोली एएफसी एसियन कप छनोटको तेस्रो चरणका लागि समूह ‘ए’मा परेको छ ।

एसियन फुटबल कन्फेडेरेसन (एएफसी) ले बिहीबार सार्वजनिक गरेको ‘ड्र’ मा नेपाल समूह ‘ए’ मा परेको हो ।

समूह ‘ए’ मा नेपालसहित कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन् ।

कुवेत्को सेन्ट्रलाइज्ड भेन्युमा हुने छनोटमा २४ टोलीले प्रतिस्पर्धा गर्नेछन् । चीनमा हुने एएफसी एसियन कपका लागि यसअघि नै आयोजक चीनसहित १३ टोली छनोट भइसकेका छन् ।

एएफसीले छनोटमा सहभागी २४ टोलीलाई ६ समूहमा विभाजन गरेको छ ।

हरेक समूहका शीर्ष टोली र ५ समूहको उत्कृष्ट दोस्रो टोली चीनमा आयोजना हुने एसियन कप २०२३ का लागि छनोट हुने छन् ।

छनोट खेलहरु जुन ८ देखि १४ सम्म हुनेछ ।

नेपालविरुद्ध जोर्डन (जुन-८)
नेपालविरुद्ध कुवेत (जुन-११)
नेपालविरुद्ध इन्डोनेसिया (जुन-१४)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर