प्रहरीलाई इँटा हान्ने ११ जना प्रदर्शनकारीविरुद्ध मुद्दा – Nepal Press

प्रहरीलाई इँटा हान्ने ११ जना प्रदर्शनकारीविरुद्ध मुद्दा

काठमाडौं । संसदमा एमसीसीबारे छलफल सुरु हुन लाग्दा नयाँ बानेश्वरको सुरक्षा व्यवस्था कडा पारिएको छ।

बाक्लो संख्यामा नेपाल प्रहरी र शसस्त्र प्रहरीलाई परिचालन गरिएको छ भने निषेधित क्षेत्रमा ब्यारिगेड राखेर प्रदर्शनकारीलाई रोक्न खोजिएको छ। यस्तै वाटर ट्यांकहरु पनि तयारी अवस्थामा राखिएको छ।

काठमाडौं प्रहरी परिसर प्रवक्ता दिनेश मैनालीले सम्भावित घटनालाई मध्यनजर नगरि सुरक्षा व्यवस्थापन गरिएको बताए। उनले जिल्ला सुरक्षा समितीको निर्देशनअनुसार कदम चालिने पनि बताए।

यसअघि फागुन ८ गते संसदमा एमसीसी सम्बन्धी प्रस्ताव पेश हुँदा नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त बनेको थियो। एसपी मैनालीसहित दर्जनौँ प्रहरी घाइते भएका थिए। प्रहरीले रबरका गोली पनि प्रहार गरेको थियो।

उक्त प्रदर्शनमा समातिएका ११ जनाविरुद्ध प्रहरीले मुद्दा चलाएको छ। उनिहरुविरुद्ध अभद्र व्यवहारमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। सत्तारुढ दलकै कार्यकर्ता र भातृ संगठनहरुले एमसिसी खारेजको माग गर्दै प्रदर्शन गर्दै आएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *