काँडेतारले बेरियो संसद भवन (तस्बिरहरु) – Nepal Press

काँडेतारले बेरियो संसद भवन (तस्बिरहरु)

काठमाडौं । एमसीसीमाथि छलफल हुने कार्यसूची रहेको आजको संसद बैठक बस्नुअघि संसद भवनलाई काँडेतारले बेरिएको छ । एमसीसीविरुद्ध भइरहेका आन्दोलनलाई लक्षित गरी संसद भवनलाई काँडेतारले घेरिएको हो ।

संसदभित्र नेकपा एमालेका सांसदको अवरोध र बाहिर एमसीसीविरुद्ध चर्को प्रदर्शनबीच ८ गते संसदमा टेबल भएको एमसीसीमाथि आजदेखि संसदमा छलफल हुँदैछ ।

एमसीसीविरोधीहरुले आज पनि संसद भवन घेर्नेलगायतका विरोध कार्यक्रमम तय गरेका छन् ।

सम्भावित प्रदर्शनलाई लक्षित गरी संसद भवन रहेको बानेश्वर आसपासका क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर