स्काउट कार्यालय तोडफोडको विरोधमा प्रदर्शन – Nepal Press

स्काउट कार्यालय तोडफोडको विरोधमा प्रदर्शन

काठमाडौं । नेपाल स्काउटका स्वयंसेवी सदस्यहरुले आज खड्का ल्याण्ड डेभलेपमेन्ट प्रा.लि.का सञ्चालक दिपक खड्काको कार्यालय अगाडी शान्तिपूर्ण विरोध प्रदर्शन गरेका छन् ।

मंगलबार नेपाल स्काउटको राष्ट्रिय प्रधान कार्यालयमा संखुवासभाका कांग्रेस नेता खड्काको नेतृत्वमा तोडफोड भएको थियो । उक्त घटनाका दोषी उपर कारवाही गर्न माग सहितको निवेदन र किटानी जाहेरी सोह्रखुट्टे प्रहरीले दर्ता गर्न नमानेपछि स्काउटका सदस्यहरु त्यसको विरोधमा उत्रिएका हुन् ।

नेपाल स्काउटसँग करार सम्झौता गरी व्यवसायिक भवनहरु भाडामा लिएको खड्का ल्याण्ड डेभलेपमेन्ट प्रा.लि.ले वर्षौंदेखिको करिब ३ करोड १७ लाख बक्यौता भाडा समेत बुझाउएको छैन । सम्झौता विपरीत भवन तथा संरचनाहरु बनाएको र नेपाल स्काउटले बाँकी रहेको भाडाको लागि ताकेता गर्दा खड्काले गुण्डा प्रयोग गरी कार्यालयमा तोडफोड गरि सामान फुटाउने र कर्मचारीको कार्यकक्षमा रहेको ल्यापटप चोरी गरी लगेका थिए ।

मंगलबार नेपाल स्काउटले पत्रकार सम्मेलन गरी खड्का र संलग्न व्यक्तिहरु माथि प्रमाण सहित कारबाहीको माग गरिसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर