‘म यस्तो गीत गाउँछु २’ को प्रिमियरमा पल शाह अनुपस्थित, को-को कलाकार आए ? (तस्बिरहरु) – Nepal Press

‘म यस्तो गीत गाउँछु २’ को प्रिमियरमा पल शाह अनुपस्थित, को-को कलाकार आए ? (तस्बिरहरु)

काठमाडौं । जबर्जस्ती करणीमा जाहेरी परेपछि नायक पल शाह आफ्नो चलचित्रको प्रिमियरमा अनुपस्थित बनेका छन् ।

आज कीर्तिपुरमा भइरहेको ‘म यस्तो गीत गाउँछु २’ को प्रिमियर पलले ‘स्किप’ गरेका हुन् ।

चलचित्रको प्रिमियरमा अतिथि कलाकारहरुको भने कमि थिएन । प्रियंका कार्की आफ्नो श्रीमान आयुष्मान देशराजसहित उपस्थित थिइन् ।

यस्तै, दिपकराज गिरी, दिपाश्री निरौला, गौरी मल्ल, निरुता सिंह, वर्षा राउत, संजोग कोइराला, सरोज खनाल, सुनिल कुमार थापा लगायत कलाकारहरु प्रिमियरमा आएका थिए ।

चलचित्रकी निर्मात्री तथा नायिक पुजा शर्मा कार्यक्रममा अलि ढिला गरी आएकी थिइन् । उनको अनुहार मलिन देखिएको थियो । औपचारिक कार्यक्रममा बोल्दै उनले सबैको जीवनमा सुख र दुःख आइपर्ने बताइन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर