एमसीसी अघि बढेपछि काँडेतारले घेरियो संसद भवन – Nepal Press

एमसीसी अघि बढेपछि काँडेतारले घेरियो संसद भवन

काठमाडौं । अमेरिकी सहयोग परियोजना (एमसीसी)को विषयलाई लिएर विभिन्न दलहरुले संसद भवन केन्द्रीत प्रदर्शन गर्न थालेपछि सुरक्षा व्यवस्था कडा पारिएको छ ।

एमसीसी संसदमा टेबल भएपछि सत्तँरुढ दल नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी लगायत दलका भ्रातृ संगठनहरुले आन्दोलन चर्काउन थालेपछि सुरक्षा व्यवस्था कडा पारिएको हो ।

संसद भवन नयाँ बानेश्वर काँडेतारले बेरिएको छ । एमसीसी संसदमा टेबल भएपछि दलहरुले आन्दोलन पनि चर्काएका छन् । बिहीबारकाे सम्भावित सुरक्षा खतरालाई मध्यनजर गर्दै काँडेतारले घेरिएकाे हाे । संसद भवन

८ फागुनमा एमसीसी सदनमा टेबल भएको थियो । अर्थमन्त्रीले टेबल गर्ने कार्यसूचीमा राखिएको भए पनि त्यतिबेला उनी अनुपस्थित भएका थिए ।

यसैबीच सभामुख अग्निप्रसाद सापकोटाले विहीबार कार्यव्यवस्था तथा परामर्श समितिको बैठक बोलाएका छन् । एमसीसीलाई कसरी अगाडि बढाउने भन्नेबारे उक्त बैठकमा छलफल हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर