एमसीसीलाई भोलि छलफलमा लगिने, यस्तो छ संसदको कार्यसूची – Nepal Press

एमसीसीलाई भोलि छलफलमा लगिने, यस्तो छ संसदको कार्यसूची

काठमाडौं । प्रतिनिधिसभामा पेस भएको अमेरिकी सहायता परियोजना एमसीसीलाई भोलि छलफलमा लगिने भएको छ । भोलिको सदनमा एमसीसी सामान्य छलफलका लागि पेस हुने संघीय संसद सचिवालयले तयार पारेको कार्यसूचीमा उल्लेख छ । सो प्रस्ताव अर्थमन्त्री जनार्दन शर्माले पेस गर्ने छन् ।

८ फागुनमा एमसीसी सदनमा टेबल भएको थियो । अर्थमन्त्रीले टेबल गर्ने कार्यसूचीमा राखिएको भए पनि त्यतिबेला उनी अनुपस्थित भएका थिए ।

यसैबीच सभामुख अग्निप्रसाद सापकोटाले विहीबार कार्यव्यवस्था तथा परामर्श समितिको बैठक बोलाएका छन् । एमसीसीलाई कसरी अगाडि बढाउने भन्नेबारे उक्त बैठकमा छलफल हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर