एमाले अध्यक्ष ओलीलाई जन्मदिनको उपहार ‘समवेत दृष्टि’ (तस्बिरहरू) – Nepal Press

एमाले अध्यक्ष ओलीलाई जन्मदिनको उपहार ‘समवेत दृष्टि’ (तस्बिरहरू)

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका मन्तव्य तथा विचारहरूको अंश समेटिएको पुस्तक ‘समवेत दृष्टि’ सार्वजनिक गरिएको छ ।

ओलीको ७१औं जन्मोत्सवको अवसर पारेर उक्त पुस्तक उनी, पिता मोहनप्रसाद र पत्नी राधिका शाक्यले एक कार्यक्रमबीच संयुक्तरूपमा लोकार्पण गरे ।

संजय खड्का र लोग्सरी कुंवरको संकलक र सम्पादन रहेको उक्त पुस्तकमा ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्षका रूपमा विभिन्न कार्यक्रम तथा अन्तर्वार्तामा व्यक्त गरेका विचारका अंश राखिएको छ ।

पुस्तक लोकार्पण कार्यक्रममा एमाले नेताहरू ईश्वर पोखरेल, सुवास नेम्वाङ, लेखराज भट्ट, सुरेन्द्र पाण्डे, लालबाबु पण्डितलगायतको उपस्थिति थियो ।

तस्बिरहरू : उमेश कार्की । 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर