बाढी पीडितको घरबास व्यवस्थापन गर्ने मन्त्री शाहीको आश्वासन – Nepal Press

बाढी पीडितको घरबास व्यवस्थापन गर्ने मन्त्री शाहीको आश्वासन

सुर्खेत । कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हिम बहादुर शाहीले सुर्खेतस्थित बाढी पीडितको उचित व्यवस्थापन गर्ने प्रतिवद्धता जनाएका छन् ।

बराहताल गाउँपालिका-२ गिरीघाटमा बसोबास गर्ने बाढी पीडीतलाई भेट्दै मन्त्री शाहीले बाढी पीडितको समस्या दीर्घकालीन रुपमा समाधान गर्न आवश्यक काम गर्ने बताए ।

उनले भने, ‘प्रदेश सरकारको आन्तरिक मामिला मन्त्रालयमार्फत राहात स्वरुप प्रतिघरधुरी तीन लाख रुपैयाँ वितरण गरिसकिएको छ । उक्त रकमबाट आफ्नो बसाई व्यवस्थापन गर्न सुझाव दिन चाहन्छु ।’

बाढी पीडितले आफूहरुलाई नगद रुपैयाँ भन्दा बस्ने घर बनाईदिन मन्त्री शाहीसँग अनुरोध गरे । उनीहरुले शिक्षा, स्वास्थ्य र रोजगारीको प्रबन्ध हुने स्थानमा बसोबास गर्न माग गरे ।

बाढी पीडितसँगको भेटघाट कार्यक्रममा राष्ट्रिय भूमी आयोग सुर्खेतका अध्यक्ष श्रीधर पौडेलेले उनीहरुका लागि जग्गा उपलब्ध गराइने बताए ।

यसअघि आयोगले संकलन गरेका फारमको आधारमा मुल्यांकन गरी बाढीपीडितलाई जग्गा उपलब्ध गराईने पौडेलले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर