रहेनन् वरिष्ठ कलाकार जयनन्द लामा – Nepal Press

रहेनन् वरिष्ठ कलाकार जयनन्द लामा

काठमाडौं । वरिष्ठ लोकगायक जयनन्द लामाको निधन भएको छ ।

सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका– २ धार्पाका लामाको आज बिहान भक्तपुरस्थित कौशलटारमा निधन भएको हो ।

हिजो राति एक भोजमा सहभागी भएर घर फर्किएका लामा गाडीबाट झर्ने बेला लडेका थिए । लडेर लामाको टाउकोमा गहिरो चोट लागेको थियो ।

दुईवटा खुट्टा गाडीभित्र र टाउको बाहिर रहेको अवस्थामा उनलाई परिवारका सदस्यले भेटेका थिए ।

उनले गाएका र संगीत भरेका थुप्रै गीतहरु नेपाली संगीतबजारमा चर्चित छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर