बालुवाटार वार्ता सकेर एमाले नेताहरु बाहिरिए – Nepal Press

बालुवाटार वार्ता सकेर एमाले नेताहरु बाहिरिए

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितका शीर्ष नेताहरुबीचको वार्ता सकिएको छ ।

करिब दुई घण्टा लामो वार्तापछि एमाले नेताहरु बालुवाटारबाट बाहिरिएका छन् ।

अध्यक्ष ओलीसँगै एमाले बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव बिष्णु रिमाल वार्तामा सहभागी थिए ।

पत्रकारलाई बालुवाटारभित्र प्रवेश नदिइएकाले नेताहरु प्रतिक्रिया नदिई बाहिरिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर