देउवा-ओली वार्तामा एमाले नेता ईश्वर पोखरेल र विष्णु पौडेलपनि मिसिए – Nepal Press

देउवा-ओली वार्तामा एमाले नेता ईश्वर पोखरेल र विष्णु पौडेलपनि मिसिए

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीबीच बालुवाटारमा भएको विशेष वार्तामा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पनि सहभागी भएका छन् ।

यसैगरी वार्तामा एमाले उपाध्यक्ष विष्णु पौडेलपनि सहभागी रहेको बालुवाटार स्रोतले जनाएको छ ।

वार्ता चलिरहेका बेला सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की बालुवाटारबाट बाहिरिएका छन् ।

एमसीसीका कारण सत्ता गठबन्धन धरापमा परेका बेला एक साताभित्रै प्रधानमन्त्रीले एमालेसँग दोस्रो तर निर्णायक वार्ता गरेका हुन् ।

प्रधानमन्त्री देउवा बालकोट गएर ओलीसँग छलफल गरेको एक साता नपुग्दै बालुवाटारमा विशेष वार्ता हुनुलाई अर्थपूर्ण रुपमा लिइएको छ ।

यो पनि पढ्नुहोस् : एमाले अध्यक्ष ओली बालुवाटारमा, प्रधानमन्त्रीसँग विशेष वार्ता

कांग्रेसले गठबन्धन तोडेर एमालेसँग सहकार्यको पहल गरिरहेको चर्चा चलेका बेला भएको आजको वार्ताले एउटा टुंगो दिने नेताहरुले बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर