पल शाह प्रकरणले तनावमा पुजा शर्मा, के होला ‘म यस्तो गीत गाउँछु’ को व्यापार ? – Nepal Press

पल शाह प्रकरणले तनावमा पुजा शर्मा, के होला ‘म यस्तो गीत गाउँछु’ को व्यापार ?

काठमाडौं । नायक पल शाह यौन दुर्व्यवहारको गम्भीर आरोपमा मुछिएपछि यसका सम्भावित साइड इफेक्टबारे चर्चा सुरु भएको छ । यो स्क्यान्डलबाट कोही तेस्रो व्यक्ति बढी तनावमा छ भने त्यो नायिका पुजा शर्मा नै हुन् ।

पुजाले निर्माण गरेको चलचित्र ‘म यस्तो गीत गाउँछु २’ आउँदो १३ फागुनमा रिलिज हुँदैछ । कोरोनाका कारण यो चलचित्रको रिलिजमा करिब दुई वर्ष ढिलाई भएको थियो ।

कोरोनाको तेस्रो लहर साम्य भएर चलचित्रघरहरु खुलेसँग रिलिजको नयाँ डेट तोकिएको हो । पुजा शर्मा चलचचित्रको पब्लिसिटीका लागि निकै मिहिनेत गरिरहेकी छिन् । चलचित्रका नायक पल शाहलाई साथमा लिएर केही दिनदेखि उनी पब्लिसिटीमा दौडिरहेकी थिइन् ।

अहिले पल शाह गम्भीर विवादमा मुछिएपछि पुजालाई तनाव भएको हो । कलाकारका स्क्यान्डलले कहिले फिल्मको व्यापारलाई मद्दत गर्छन् त कहिले हानी पुर्याउँछन् ।

कतिपय चलचित्रका निर्माता–निर्देशकले फिल्म रिलिज हुँदा चर्चाका लागि बनावटी स्क्यान्डल पनि खडा गरिरहेका हुन्छन् । तर, पल जुन प्रकारको स्क्यान्डलमा मुछिएका छन्, त्यसले चलचित्रको व्यापारमा धक्का पुग्ने चिन्ता पुजाको छ ।

चलचित्र रिलिज हुन ४ दिन मात्र बाँकी छ । तर, मिडियामा आइरहेका विवादले पल शाह पहिलेझैं खुलेर फिल्मको पब्लिसिटीमा उत्रिन सहज छैन । अर्कोतर्फ उनको इमेजमा पनि गम्भीर क्षति पुगेको छ ।

‘रियल हिरो’ को उपमा पाएका उनी अहिले ‘प्ले व्वाई’ का रुपमा चर्चित भएका छन् । उनीमाथि अनेकन ट्रोलहरु बनिरहेका छन् । यसर्थ पलको समग्र स्टारडम खस्केकाले यसको असर चलचित्रको व्यापारमा पर्न सक्ने पुजाको चिन्ता पनि अस्वाभाविक होइन ।

उनी अहिले विभिन्न युट्यूवरलाई अन्तर्वार्ता दिएर पलको बचाउ प्रयास गरिरहेकी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर