पल शाहलाई करिश्माको सान्त्वना : भगवान् तिम्रो साथमा हुनुहुन्छ – Nepal Press

पल शाहलाई करिश्माको सान्त्वना : भगवान् तिम्रो साथमा हुनुहुन्छ

काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरले नाबालिग गायिकामाथि यौन दुर्व्यवहारको आरोप लागेका नायक पल शाहलाई हिम्मत नहार्न सुझाव दिएकी छन् । पल शाहको स्टाटसमा कमेन्ट गर्दै उनले यस्तो सुझाव दिएकी हुन् ।

पल शाहले आज स्टाटस लेख्दै आफूमाथि लागेका आरोपहरुबारे स्पष्टिकरण दिएका थिए । उनको स्टाटसको पक्ष र विपक्षमा व्यापक प्रतिक्रिया आइरहेका छन् । नायिक करिश्मा चाहिँ पलको समर्थनमा उभिएकी हुन् ।

पलको स्टाटसमा कमेन्ट गर्दै करिश्माले भनेकी छन्, ‘स्टे स्ट्रङ भाइ । भगवान् तिम्रो साथमा हुनुहुन्छ । सँधै सुखी र खुशी रहनु ।’

पलको स्टाटसमा ५ हजारभन्दा बढी कमेन्ट आइसकेका छन् । गायिका सुनीता दुलालले पनि पललाई हिम्मत नहार्न भन्दै सान्त्वना दिएकी छन् ।

अधिकांस कलाकारहरुले भने पल–समीक्षा काण्डमा मुख खोलेका छैनन् । कलाकारहरु पनि यो विषयमा दुई कित्तामा बाँडिएको बुझिएको छ । एकथरि पलमाथि कारबाही हुनुपर्ने पक्षमा छन्, तर बोल्न चाहेका छैनन् । अर्काथरि, समीक्षालाई नै दोषी देखिरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर