१९ वर्षीय अरविन्दको विस्फोटक ब्याटिङपछि नेपाल दबाबमा – Nepal Press

१९ वर्षीय अरविन्दको विस्फोटक ब्याटिङपछि नेपाल दबाबमा

काठमाडौं । ओमानमा जारी आईसिसी टी-२० विश्वकपको विश्वस्तरको छनोटअन्तर्गत सेमिफाइनलमा नेपाल अहिले यूएईसँग पहिला बलिङ गरिरहेको छ ।

टस जितेर पहिला ब्याटिङ रोजेको यूएईले ७.३ ओभरमा २ विकेट गुमाएर ७२ रन जोडेको छ ।

भित्र्या अरविन्दले ४६ रन जोडे । १९ वर्षीय अरविन्दले २३ बलमा ३ छ्क्का र ५ चौका प्रहार गरे । जारी प्रतियोगितामा अरविन्द सर्वाधिक रन बनाउने ब्याट्सम्यान हुन् ।

सुरुको दुई ओभरमा एक विकेट गुमाएर ६ रन मात्र जोडेको यूएईले त्यसपछि आक्रमण थालेको थियो । उसले तेस्रो ओभरमा १८ , चौथो ओभरमा १३, पाचौँ ओभरमा १३, छैटौँ ओभरमा १३ र सातौँ ओभरमा १३ रन थपेको थियो। आठौँ ओभरको तेस्रो बलमा सन्दीपले अरविन्दलाई बोल्ड आउट गरे ।

जितेन्द्र मुखियाले दोस्रो ओभरमा विकेट लिएका थिए । उनले‍ लयमा रहेका चिराग सुरीलाई आउट गरे । यो खेलमा जित हात पार्ने टोली अस्ट्रेलियामा आयोजना हुने विश्वकपका लागि छनोट हुने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर