खुमलटारमा वैद्य, एमसीसी विफल बनाउन प्रचण्डसँग आग्रह – Nepal Press

खुमलटारमा वैद्य, एमसीसी विफल बनाउन प्रचण्डसँग आग्रह

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्यबीच भेटवार्ता भएको छ । प्रचण्डलाई भेट्न मंगलबार बिहान खुमलटार पुगेका थिए ।

स्रोतकाअनुसार भेटमा वैद्यले प्रचण्डसँग अमेरिकी सहायता परियोजना एमसीसीबारे छलफल गरेका थिए । संशोधनबिना एमसीसी टेबल कसरी भयो भन्ने जिज्ञासा वैद्यको थियो । एमसीसी राष्ट्रघाती भएको भन्दै वैद्यले त्यसलाई संसदमा विफल पार्न लागि पर्न प्रचण्डलाई आग्रह गरेका थिए ।

वैद्यको पार्टी एमसीसी खारेज गनुपर्ने पक्षमा छ । माओवादी युद्धका बेला सँगै रहेका प्रचण्ड र वैद्य शान्ति प्रक्रियापछि अलग भएका थिए । प्रचण्ड कम्युनिष्ट नै नरहेको बताउने वैद्य खुमलटार पुग्नुलाई अर्थपूर्णरूपमा हेरिएको छ ।

एमसीसीका कारण माओवादी केन्द्र सरकारबाट बाहिरिए पूर्वमाओवादी घटकहरूबीच एकता हुनसक्ने ठानिएको छ । सबै माओवादी घटक एमसीसीविरुद्धको आन्दोलनमा छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर