यूएईले ६ रन जोड्दा पहिलो झट्का, जितेन्द्रले लिए विकेट – Nepal Press

यूएईले ६ रन जोड्दा पहिलो झट्का, जितेन्द्रले लिए विकेट

काठमाडौं । ओमानमा जारी आईसिसी टी-२० विश्वकपको विश्वस्तरको छनोटअन्तर्गत सेमिफाइनलमा नेपाल अहिले यूएईसँग पहिला बलिङ गरिरहेको छ ।

टस जितेर पहिला ब्याटिङ रोजेको यूएईले दुई ओभरमा एक विकेट गुमाएर ६ रन जोडेको छ । जितेन्द्र मुखियाले दोस्रो ओभरमा विकेट लिएका हुन् ।

उनले‍ लयमा रहेका चिराग सुरीलाई आउट गरे । पहिलो ओभरमा कमलसिंह ऐरीले २ रनमात्र दिएका थिए । यो खेलमा जित हात पार्ने टोली अस्ट्रेलियामा आयोजना हुने विश्वकपका लागि छनोट हुने छ ।

नेपाल समूहका सबै तीनवटै खेलमा जित हात पार्दै सेमिफाइनल पुगेको हो । यूएई भने तीनमध्ये दुई वटा खेल जितेर समूह उपविजेताका रुपमा अन्तिम चारमा प्रवेश गरेको छ । प्रतियोगितामा नेपालको बलिङ र यूएईको ब्याटिङ शसक्त देखिएको छ ।

नेपालले समूहगत चरणमा ओमानलाई ७८, फिलिपिन्सलाई ८२ र क्यानडालाई ८० रनमा सिमित गरेको थियो । यता यूएईले जारी ओमान भ्रमणका क्रममा टेस्ट मान्यताप्राप्त आयरल्यान्डलाई दुईपटक पराजित गरेको छ ।

छनोटअघि आयोजित चार देश सम्मिलित टी-२० अन्तर्राष्ट्रिय शृंखलामा नेपालले यूएईसँग २५ रनको हार ब्यहोरेको थियो। सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपाली टोलीले यूएईलाई हराउन सके दोस्रोपटक टी-२० विश्वकपमा स्थान बनाउने छ। यसअघि सन् २०१४ मा बंगलादेशमा आयोजित विश्वकप पनि नेपालले खेलेको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर