नेपालले यूएईविरुद्ध पहिला फिल्डिङ्ग गर्दै – Nepal Press

नेपालले यूएईविरुद्ध पहिला फिल्डिङ्ग गर्दै

काठमाडौं । ओमानमा जारी आईसिसी टी-२० विश्वकपको विश्वस्तरको छनोटअन्तर्गत सेमिफाइनलमा नेपालले केही बेरमा यूएईसँग खेल्दै छ ।

नेपाली समयअनुसार पौने ४ बजे सुरु हुने खेलमा टस हारेर नेपालले पहिला फिल्डिङ्गकाे निम्ताे पाएको छ । यो खेलमा जित हात पार्ने टोली अस्ट्रेलियामा आयोजना हुने विश्वकपका लागि छनोट हुने छ ।

नेपाल समूहका तीनवटै खेलमा जित हात पार्दै सेमिफाइनल पुगेको हो । यूएई भने तीनमध्ये दुई वटा खेल जितेर समूह उपविजेताका रुपमा अन्तिम चारमा प्रवेश गरेको छ । प्रतियोगितामा नेपालको बलिङ र यूएईको ब्याटिङ शसक्त देखिएको छ ।

नेपालले समूहगत चरणमा ओमानलाई ७८, फिलिपिन्सलाई ८२ र क्यानडालाई ८० रनमा सिमित गरेको थियो । यता यूएईले जारी ओमान भ्रमणका क्रममा टेस्ट मान्यताप्राप्त आयरल्यान्डलाई दुईपटक पराजित गरेको छ ।

छनोटअघि आयोजित चार देश सम्मिलित टी-२० अन्तर्राष्ट्रिय शृंखलामा नेपालले यूएईसँग २५ रनको हार ब्यहोरेको थियो । सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपाली टोलीले यूएईलाई हराउन सके दोस्रोपटक टी-२० विश्वकपमा स्थान बनाउने छ । यसअघि सन् २०१४ मा बंगलादेशमा आयोजित विश्वकप पनि नेपालले खेलेको थियो ।

नेपालको प्लेइङ ११ :-

आसिफ शेख, कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, लोकेश बम, सन्दीप लामिछाने (कप्तान), कमलसिंह ऐरी, जितेन्द्र मुखिया, विवेक यादव, अभिनाश बोहरा


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर