पशुपतिको पर्खालका शिवजीसँग सेल्फीमा रम्दै भक्तजन (तस्बिरहरू) – Nepal Press

पशुपतिको पर्खालका शिवजीसँग सेल्फीमा रम्दै भक्तजन (तस्बिरहरू)

काठमाडौं । पशुपति क्षेत्रका भित्ताहरु अहिले शिवजीमय भएका छन् । शिवरात्री नजिकिँदै गर्दा पशुपति क्षेत्रका भित्तामा शिवजी लगायत देवी देउताको पेन्टिङले अहिले दृश्य नै बदलिएको छ ।

व्यवसायिक कलाकारहरुले बनाएका चित्र अगाडि उभिएर सेल्फी खिच्नेको भिड पनि बढेको छ । त्यहाँका मुख्य पर्खालमा रहेका शिवजीका चित्र अगाडि पशुपति दर्शन गर्न पुगेका भक्तजनहरु सेल्फी खिच्न व्यस्त देखिन्छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेको निर्देशनपछि त्यहाँ रहेका अव्यवस्थित टहर, पसलहरु हटाएर भित्तामा शिवजी लगायत देवी देवताको चित्र पेन्टिङ गरिएका हुन् ।

देश विदेशबाट आउने लाखौंं भक्तजनहरुको सहज सुविधा र आकर्षण बढाउन पशुपतिको अहिलेको अव्यवस्थालाई पूरै हटाएर व्यवस्थित र आकर्षक बनाइएको छ ।

तस्बिरहरु : उमेश कार्की


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *