मधेस प्रदेशसभा बैठक बस्दै, प्रदेश प्रहरी ऐनबारे छलफल हुने – Nepal Press

मधेस प्रदेशसभा बैठक बस्दै, प्रदेश प्रहरी ऐनबारे छलफल हुने

जनकपुरधाम । मधेस प्रदेशसभाको बैठक आज दिउँसो २ बजे बस्ने भएको छ । आजको बैठकमा प्रदेश प्रहरी ऐन कार्यान्वयनसम्बन्धी संकल्प प्रस्तावमाथि छलफल हुने प्रदेशसभा सचिवालयले जनाएको छ ।

आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले गत माघ २६ को बैठकमा सो संकल्प प्रस्ताव पेश गरेका थिए ।

प्रदेश प्रहरी ऐन ल्याएको वर्षौ बितिसक्दा पनि कार्यान्वयनमा आउन सकेको छैन ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर