प्रधानमन्त्री देउवाले दिए नेपाली क्रिकेट टोलीलाई बधाई – Nepal Press

प्रधानमन्त्री देउवाले दिए नेपाली क्रिकेट टोलीलाई बधाई

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आइसिसी टी–२० विश्वकप क्रिकेट छनोटमा क्यानडालाई पराजित गर्दै नेपाल सेमिफाइनलमा पुगेकामा नेपाली क्रिकेट टोलीलाई बधाई ज्ञापन गरेका छन् ।

ओमानमा जारी टी–२० विश्वकप क्रिकेट छनोट खेलमा नेपाल सेमिफाइनलमा प्रवेश गरेपछि आज साँझ ट्विट गर्दै प्रधानमन्त्री देउवाले क्यानडाविरुद्ध आठ विकेटको जीत निकाल्दै ‘टी–२० विश्वकप ग्लोबल छनोट’को सेमिफाइनल प्रवेश गर्न सफल नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई हार्दिक बधाई दिएका हुन् ।

उनले भनेका छन्, ‘क्यानाडाविरुद्ध जीत निकाल्दै टी– विश्वकप ग्लोबल छनोटको सेमिफाइनल प्रवेश गर्न सफल नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई हार्दिक बधाई । मङ्गलबार हुने सेमिफाइनलमा पनि विजयी हुँदै नेपाललाई विश्वकपमा छनोट गराउन सफल हुनुहुनेछ भन्ने सुभेच्छासहित सम्पूर्ण टोलीलाई शुभकामना व्यक्त गर्दछु ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर