फागुन २० गतेसम्म मतदाता परिचयपत्रको प्रतिलिपि लिन पाइने – Nepal Press

फागुन २० गतेसम्म मतदाता परिचयपत्रको प्रतिलिपि लिन पाइने

काठमाडौं । मतदाता परिचयपत्र हराएका व्यक्तिले फागुन २० गतेभित्र निवेदन दिए प्रतिलिपि लिन पाइने भएको छ । निर्वाचन आयोगले सोमबार विज्ञप्ति जारी गर्दै प्रतिलिपि लिन निवेदनको समयसीमा तोकेको हो ।

मतदाता परिचयपत्र हराएको, नासिएको वा अन्य कुनै तवरले आफूसँग नरहेको अवस्थामा मतदाताले आफ्नो वडा कार्यालयको सिफारिससहित प्रतिलिपि परिचयपत्रका लागि सम्बन्धित निर्वाचन कार्यालयमा निवेदन दिन सक्ने व्यवस्था यसअघि नै थियो ।

सोहीअनुसार मतदाता परिचयपत्र हराएमा वडा कार्यालयको सिफारिससहित निवेदन दिनुपर्ने आयोगले जनाएको छ ।

मतदाताले मतदाता परिचय पत्र पाउन निर्वाचन कार्यालयमा मिति फागुन २० गतेभित्र निवेदन दिन सकिने व्यवस्था मिलाइएको आयोगका प्रवक्तासमेत रहेका सहसचिव शालिग्राम शर्माले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *