रुपन्देहीलाई हराउँदै रोयल लामा टेन्डी शेर्पा स्मृति बास्केटबलको फाइनलमा – Nepal Press

रुपन्देहीलाई हराउँदै रोयल लामा टेन्डी शेर्पा स्मृति बास्केटबलको फाइनलमा

काठमाडौं । रोयल बास्केटबल एकेडेमी लामा टेन्डी शेर्पा स्मृति खुला बास्केटबल प्रतियोगिताको महिलातर्फ फाइनलमा प्रवेश गरेको छ ।

पाँच टिम सहभागी महिलाको राउन्ड रोविन लिगमा शत प्रतिशत जित निकाल्दै विजेताका रुपमा रोयल फाइनलमा पुगेको हो ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सोमबार भएको लिग चरणको अन्तिम खेलमा रोयलले रुपन्देहीलाई ८६–४० को फराकिलो अन्तरले पराजित गर्यो ।

रोयलकी मनता गुरुङले सर्वाधिक १६ स्कोर गरिन् । रुपन्देहीकी दीपिका गुरुङले १४ स्कोर गरिन् । त्यसअघिका लिगमा रोयलले ललितपुर हाइ, नेपाल प्रहरी क्लब र कीर्तिपुर नगरपालिकालाई हराएको थियो ।

नेपाल बास्केटबल संघद्वारा आयोजित प्रतियोगिताको पुरुषमा रोयल र नेपाल आर्मीले सेमिफाइनलमा स्थान सुरक्षित गरे ।

पहिलो क्वाटरफाइनलमा रोयलले कीर्तिपुर नगरपालिकालाई ७०–६४ ले पराजित गर्यो । रोयलका निकेश मगर र कीर्तिपुरका सुरज खड्गीले समान १६ स्कोर गरे । दोश्रो सेमिफाइनलमा आर्मीले क्याम्पियन सोलोमाथि ७८–५६ को जित निकाल्यो । आर्मीका लागि सौरव श्रेष्ठले २३ स्कोर गरे । क्याम्पियनका जसाङ सुनुवारले १२ स्कोर गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर