काेराेना अपडेट : ३८८ जना थपिए, १२०५ निकाे – Nepal Press

काेराेना अपडेट : ३८८ जना थपिए, १२०५ निकाे

काठमाडौं । पछिल्लो २४ घण्टामा सोमबार देशभर ३८८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको विवरणअनुसार पीसीआर परीक्षणबाट २४७ जना र एन्टिजेन परीक्षणबाट १४१ जना संक्रमित थपिएका छन् ।

२४ घण्टामा पीसीआर ५ हजार २२५ र२९१५ एन्टिजेन गरी ८ हजार १४० कोराना परीक्षण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सोही अवधिमा १२०५ जना कोरोनामुक्त भएका छन् भने कोरोनाबाट थप ४ जनाको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार अहिले देशभर सक्रिय संक्रमितको संख्या ११ हजार २८२ रहेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर