प्युठानमा गाउँपालिका अध्यक्ष र प्रशासकीय अधिकृतलाई विप्लवका कार्यकर्ताले कालोमोसो दले – Nepal Press

प्युठानमा गाउँपालिका अध्यक्ष र प्रशासकीय अधिकृतलाई विप्लवका कार्यकर्ताले कालोमोसो दले

रूपन्देही । प्युठानको मल्लरानी गाउँपालिका अध्यक्ष अमरध्वज राना र प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण थापालाई विप्लवनिकट नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले कालोमोसो दलेका छन् ।

वडानम्वर ५ सरङकोटमा रहेको भूमि विकास आधारभूत विद्यालयमा पठनपाठनसम्बन्धी सरोकारवाला निकायहरूबीच छलफल चलिरहेका बेला एक्कासी युवाहरूको समूहले आफूहरूलाई मोसो दलेर अभद्र व्यवहार गरेको प्रमुख प्रशासकीय अधिकृत थापाले जनाएका छन् ।

‘हामी विद्यालयमा छलफल गरिरहेका थियौँ’,थापाले भने,‘एक्कासी युवाहरू आएर मोसो दली अभद्र व्यवहार गरेर भागे ।’ स्थानीय गोपीलाल सुनार, होमबहादुर मल्लसहित युवाको समूहले मोसो दलेका हुन् ।

घटनास्थलमा प्रहरी पुगेको प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर