एमालेले केन्द्रीय विभागहरूलाई चाँडै पूर्णता दिने – Nepal Press

एमालेले केन्द्रीय विभागहरूलाई चाँडै पूर्णता दिने

काठमाडौं । नेकपा (एमाले) ले पार्टीका केन्द्रीय विभागलाई चाँडै पूर्णता दिने भएको छ ।

सोमबार बसेको विभाग प्रमुखहरूको बैठकमा एक साता भित्र विभागलाई पूर्णता दिने सहमति भएको एमालेले जनाएको छ।

महासचिव शंकर पोखरेलको उपस्थितिमा भएको बैठमा उपमहासचिव विष्णु रिमाल, सचिव योगेश भट्टराईका साथै विभागका प्रमुखहरूले पार्टी कामका सन्दर्भमा धारणा राखेका थिए ।

महासचिव पोखरेलले पार्टीलाई नीतिगत रूपमा सुझावहरू दिन र आ–आफ्नो क्षेत्रका कामअघि बढाउन विभागीय प्रमुखहरूलाई निर्देशन दिएका छन् ।

एमालेका ३३ वटा केन्द्रीय विभाग छन् । एमालेले १० औं महाधिवेशनपछि ती विभागमा प्रमुखहरु तोके पनि सचिव र सदस्यहरु चयन गर्न बाँकी थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर