बैंकिङ कसुरमा ग्रीनलाइनका सञ्चालक अमित अग्रवाल पक्राउ – Nepal Press

बैंकिङ कसुरमा ग्रीनलाइनका सञ्चालक अमित अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरमा ग्रीनलाइनका सञ्चलक अमित अग्रवाल पक्राउ परेका छन् । पैसा नभएको चेक दिएको भन्दै काठमाडौं प्रहरी परिसरमा उजुरी परेपछि गत शनिबार अमित अग्रवाललाई प्रहरीले पक्राउ गरेको हो ।

उनले काठमाडौंको दरबारमार्गमा ग्रीनलाइन स्टोरबाट मदिरा बिक्री गर्ने गरेका थिए । काठमाडौं प्रहरी परिसर प्रवक्ता दिनेश मैनालीले पैसा नभएको चेक दिएको भनेर उजुरी गरेपछि अमित अग्रवाल पक्राउ परेको बताए ।

संजय अधिकारी र टंक शम्शेर जबराको चेक पैसा नभएको चेक दिएको भनेर उजुरी गरेका थिए । अधिकारीलाई ५० लाख र जबराको १ करोड ५० लाखको पैसा नभएको चेक दिएका करण अग्रवाल पक्राउ परेका हुन् ।

उनले आफ्नो ऋणभन्दा धितो राखेको सम्पति धेरै भएकाले ऋण तिर्न केही समस्या नभएको बताउँदै आएका थिए । अग्रवालको परिवार नै केही समय अघि भारत गएका थियो ।

उनकी बहिनी रजनी अग्रवालले आफ्नो दाजु लगायत परिवार नै हराएको भनेर प्रहरीमा निवेदन दिएकी थिइन् । हराएको करिब १ महिना पनि अमित अग्रवालले काठमाडौं आएर पत्रकार सम्मेलन गरेर सबैको पैसा तिर्ने बताएका थिए ।

अग्रवालले ४ वटा बैंक, केही वित्तीय संस्था तथा केही व्यक्तिसँग समेत पैसा लिएर आफ्नो व्यापार गर्दै आएका थिए । कोरोनाको कारणले आफ्नो व्यापार समस्या परेर समस्या परेको बताएका थिए । पैसा दिनुपर्ने व्यक्तिहरुले फोनमा धम्काउने गरेकाले आफ्नो परिवालाई मानसिक समस्या परेकाले भारत उपचार गर्न गएको अग्रवालले बताएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *