क्यानडासँग खेल्दै नेपाल – हारेको अवस्थामा बाहिरिने र समूह विजेता बन्ने दुवै सम्भावना – Nepal Press

क्यानडासँग खेल्दै नेपाल – हारेको अवस्थामा बाहिरिने र समूह विजेता बन्ने दुवै सम्भावना

काठमाडौं । ओमानमा जारी आईसिसी टी–२० विश्वकपको विश्वस्तरको छनोटअन्तर्गत समूहगत चरणको आफ्नो अन्तिम खेलमा नेपालले सोमबार क्यानडासँग प्रतिस्पर्धा गर्दै छ।

समूहका अघिल्ला दुवै खेल जितेको नेपाल सेमिफाइनल नजिक छ। तर क्यानडा र ओमानले विशाल अन्तरले जित हात पारेमा नेपाल समूहगत चरणबाटै बाहिरिन पनि सक्ने छ। क्यानडासँग हारेपनि समूह विजेता बन्ने सम्भावना पनि नेपालको छ।

समूहमा नेपाल २ खेलबाट ४ अंक जोडेर शीर्षस्थानमा छ। नेपालको नेट रनरेट करिब साढे ४ अंक छ। दोस्रो स्थानमा रहेको क्यानडाको २ खेलबाट २ अंक छ। क्यानडाको नेट रनरेट साढे २ अंक छ।

२ खेलबाट २ अंक जोडेर तेस्रो स्थानमा रहेको ओमानको नेट रनरेट माइनस ०.५ अंक छ। समूहको आफ्नो अन्तिम खेलमा ओमानले सोमबार फिलिपिन्ससँग खेल्दै छ। यी दुवै खेल नेपाली समयअनुसार पौने ४ बजे सुरु हुनेछन्।

नेपालले पहिलो खेलमा ओमानलाई ३९ रन र दोस्रो खेलमा फिलिपिन्सलाई एक सय ३६ रनले पराजित गरेको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर