चिनीविहीन स्वादको कोकाकोला बजारमा – Nepal Press

चिनीविहीन स्वादको कोकाकोला बजारमा

काठमाडौँ । कोकाकोला नेपालले जेरो सुगर (चिनीविहीन) आकर्षक र नयाँ बोल्ड प्याकेजिङमा आफ्नो उत्पादनलाई बजारमा ल्याएको छ । योसँगै उपभोक्ताले नो क्यालोरी र जेरो सुगर कोकाकोलाको स्वाद लिन सक्नेछन् ।

नो सुगर पेय पदार्थ रुचाउने तर क्यालोरी नियन्त्रण गर्न चाहने मानिसहरूका लागि यो उपयुक्त हुने कम्पनीले जनाएको छ ।
सन् २००५ मा विश्वव्यापी रुपमा लन्च गरिएको यो कोकाकोला जेरो सुगरलाई कोकाकोला क्लासिकको जस्तै स्वाद दिनको लागि सन् २०१७ मा रिफर्मुलेट गरिएको थियो । नेपालमा यो २०१६ नोभेम्बरमा पहिलोपल्ट लन्च भएको थियो ।

कोकाकोला नेपालका कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले भने, ‘हामी सदैव उपभोक्ताहरूको चाहना र आवश्यकता अनुसारको उत्पादनहरु नै बजारमा ल्याउने प्रयास गर्छौं । यो नयाँ स्वाद र नयाँ प्याकेजिङसहितको कोकाकोला जेरो सुगरलाई विश्वभरीकै उपभोक्ताहरूले मन पराउनुभएको छ । यसलाई नेपालमा पनि उपलब्ध गराउन पाउँदा हामीलाई खुसी लागेको छ ।’

बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक प्रदिप पाण्डेले व्यस्त जीवनशैलीलाई सुहाउने र स्वादमा सम्झौता गर्नु नपरी चिसो पेय पदार्थको आनन्द अनुभव गर्न चाहने उपभोक्ताको लागि यो कोकाकोला जेरो सुगर अत्यन्तै उपयुक्त छ हुने बताए ।

नयाँ कोकाकोला जेरो सुगर ५०० मि.लि. र २५० मि.लि. मा नेपालभर उपलब्ध छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर