एनआईसी एशिया बैंकद्वारा घातक रोग बीमाबापत १० लाख भुक्तानी – Nepal Press

एनआईसी एशिया बैंकद्वारा घातक रोग बीमाबापत १० लाख भुक्तानी

काठमाडौं । एनआईसी एशिया बैंकले ‘न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता’ योजनामा उपलब्ध १० लाख रूपैयाँ बराबरको घातक रोग बीमा रकम खातावालालाई भुक्तानी गरेको छ ।

बैंकको काठमाडौंस्थित बत्तीसपुतली शाखामा न्यू प्रिमियम सुपर चमत्कारिक बचत योजनाअन्तर्गतको ‘डायमण्ड श्रेणी’ को खाता खोलेका श्यामप्रसाद पन्तलाई सो रकम दिइएको हो । बैंकको सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठीले १० लाख रकम बराबरको चेक हस्तान्तरण गरे । खातावालालाई नेको इन्स्योरेन्ससँगको सहकार्यमा उक्त बीमा रकम भुक्तानी गरिएको हो ।

बीमासहितको बचत खाताअन्तर्गत हालसम्म देशभरका ७ सय जनाभन्दा बढी ग्राहकले बीमाबापत ४ करोड ३० लाखभन्दा बढी रकम भुक्तानी पाइसकेको बैंकले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर