नेपाल बैंकबाट निकालेको हजारको नोट नक्कली ! – Nepal Press

नेपाल बैंकबाट निकालेको हजारको नोट नक्कली !

जनकपुरधाम । नेपाल बैंक लिमिटेड लहान शाखाबाट निकालेको एक हजारको एउटा नोट नक्कली फेला परेको छ ।

नवराजपुर गाउँपालिका घर भएका पत्रकार जयनाथ यादवले बैंकबाट ३७ हजार रुपैयाँ निकालेका थिए । जसमा एउटा हजारको नोट नक्कली रहेको उनले बताएका छन् ।

‘माघ २३ गते सरस्वती पूजाको दिन बैंकबाट रुपैयाँ निकालेको थिएँ’, उनले भने, ‘केही खर्च भयो र बाँकी घरमै राखेको थिएँ । हिजो गाडीको भन्सार काट्न गएको बेला एक हजारको नोट नक्कली भएको थाहा पाएँ ।’

उनका अनुसार हजार रुपैयाँको उक्त नोटको रंग समेत फरक छ ।

नोट नक्कली जस्तो लागेपछि सिरहाका प्रहरी प्रवक्ता डिएसपी सुवास बुढाथोकीलाई जानकारी गराएको उनको भनाइ छ ।

बैंकबाटै निकालेको रुपैयाँ नक्कली हुनु गम्भीर विषय भएको सुरक्षा अधिकारी बताउँछन् ।

बैंक प्रमुख सुरेन्द्र यादवले आवश्यक छानबिन गर्ने बताए । उनले भने– बैंकमा दैनिक करोडौंको कारोबार हुन्छ । त्यसैले जसमा नक्कली रुपैयाँ गएको छ, ती व्यक्ति आएपछि सीसी क्यामेरा शर्च गर्छौं । कसको काउन्टरबाट यस्तो त्रुटि भएको छ ।

नले सात महिना अगाडि पनि नक्कली नोट फेला परेको बताए । नोट फेला परेपछि राष्ट्रिय बाणिज्य बैंकमा बुझाउने गरेको र आवश्यक छानबिनसमेत हुने गरेको उनको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर