माओवादीले भन्यो- सरकारले एमसीसी जबर्जस्ती अगाडि बढायो, हाम्राे गम्भीर आपत्ति छ – Nepal Press

माओवादीले भन्यो- सरकारले एमसीसी जबर्जस्ती अगाडि बढायो, हाम्राे गम्भीर आपत्ति छ

काठमाडौं । नेकपा माओवादी केन्द्रले एमसीसी सरकारले जबर्जस्ती अगाडि बढाउन खोजेको आरोप लगाएको छ ।

गठबन्धनको बैठकमा संसदमा एमसीसी अनुमोदन नगर्न स्पष्ट रुपमा भनेको र कार्यव्यवस्था परामर्श समितिमा पनि लिखित असहमति जनाएको भएपनि सरकारले जबर्जस्ती गरेकाे माओवादीकाे आरोप छ ।

विवाद र विरोधकाबीच एमसीसी संसदमा पेस भएको घटनाप्रति आफ्नो पार्टीको गम्भीर ध्यानाकर्षण भएको पनि माओवादीले जनाएको छ ।

देशको स्वाधिनता र राष्ट्रियतामा नै प्रश्न उठ्न सक्ने विषयमा दलहरुबीच राष्ट्रि सहमति नगरी एमसीसी संसदमा पेश भएको घटनाप्रति माओवादीले आपत्ति जनाएको छ ।

माओवादी प्रवक्ता कृष्णबहादुर महराले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘देशको स्वाधिनता र राष्ट्रियतामा नै प्रश्न उठ्न सक्ने विष्यामा दलहरुबीच राष्ट्रिय सहमति नगरिकन र सत्तारुढ दलभित्रै एकरुपता नहुँदा नहुँदै जबर्जस्ती प्रतिनिधिसभामा पेस भएको घटनाप्रति हाम्रँे गम्भीर आपत्ति छ ।’


प्रतिक्रिया

2 thoughts on “माओवादीले भन्यो- सरकारले एमसीसी जबर्जस्ती अगाडि बढायो, हाम्राे गम्भीर आपत्ति छ

  1. अनि के हेरेर बसेकाे त ? जबर्जस्ति देशघात गर्ने काँग्रेसकाे पुच्छर भएर सरकारमा किन बसिरहने ? सरकारबाट बाहिरिएर समर्थन फिर्ता लेउ । सरकार ढल्छ । अनि एमसिसि पनि अलपत्र पर्छ । अमेरिकाकाे अल्टिमेटमले पनि हावा खान्छ । त्यसपछि चुनाव हाेला या अर्काे सरकार बन्ला । परिस्थिति नै फेरिन्छ नि । तुरून्त सरकारबाट हट । एमसिसि हावा खान्छ ।

  2. छ्या संसदमा एम सि सि पेश गर्ने अर्थमन्त्री (सञ्चार मन्त्रीले त अर्थमन्त्रीको प्रतिनिधि बनेर वाचन मात्रै गरेका हुन् ।) चाहिँ काे रहेछन् ? नाैटँकीकाे पनि हद पूरा गरिसक्याै । भेडावतारमा टाउकाे फुटाउन तयार हुने र प्रहरीलाई कुटपिट गर्न अघि सर्नेहरु प्रति सहानुभूति र बुद्धि फिराेस् भन्ने कामना ।।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर