बानेश्वर प्रदर्शनमा १५ प्रहरीसहित २३ घाइते, ५० जना पक्राउ – Nepal Press

बानेश्वर प्रदर्शनमा १५ प्रहरीसहित २३ घाइते, ५० जना पक्राउ

काठमाडौं । एमसीसीको विरोधमा आइतबार नयाँ बानेश्वर क्षेत्रमा भएको प्रदर्शनका क्रममा झडप हुँदा १५ प्रहरीसहित २३ जना घाइते भएका छन् ।

अस्पतालमा लैजानुपर्ने गरी १५ प्रहरी र ८ प्रदर्शनकारी घाइते भएको प्रहरीले जनाएको छ ।

काठमाडौं प्रहरी प्रवक्ता एसपी दिनेश मैनालीसहित अन्य धेरै प्रहरी ढुंगाले लागेर सामान्य घाइते भएका छन् । अस्पताल भर्ना गरिएका प्रहरीमा हात भाँच्चिएका र मुखमा चोट बोकेका पनि छन् ।

प्रहरीले ५० जना प्रदर्शनकारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २ जना महिला पनि छन् ।

स्थिति नियन्त्रणमा लिन प्रहरीले ६ राउन्ड रबर गोली प्रहार गरेको थियो भने अश्रु ग्याँस र पानीको फोहोरा पनि प्रहार गरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर