नेप्से परिसूचक ३९.४० अंकले गिरावट – Nepal Press

नेप्से परिसूचक ३९.४० अंकले गिरावट

काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेर बजार मापक नेप्से परिसूचक गिरावट आएको छ । गत साताको बुधबारदेखि निरन्तर रुपमा ओरालो लागेको सेयर बजार यो साताको पहिलो कारोबार दिन पनि निरन्तरता दिएको छ ।

आइतबार नेप्से परिसूचक ३९.४० अंक घटेर २ हजार ६९३.१० विन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ४.९९ अंक, फ्लोट इण्डेक्स ३.०५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.३७ अंक घटेको छ ।

आइतबार कारोबारमा आएका २३० कम्पनीको ७१ लाख २२ हजार कित्ता सेयर ४ अर्ब ८ करोड ६४ लाख ७४ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ । नेप्से परिसूचकमा गिरावट आएपनि कारोबार रकममा भने बिहीबारको तुलनामा बढेको छ । गत बिहीबार सवा २ अर्ब बराबरको सेयर खरिदबिक्री भएको थियो ।

नेप्सेका १३ उपसमूहमध्ये अन्य उपसमूहको परिसूचकबाहेक सबै उपसमूहको परिसूचक राताम्मे भएको छ । जसमा अन्य उपसमूहको परिसूचक ०.४२ प्रतिशत बढेको छ भने बाँकी उत्पादन तथा प्रशोधन, वित्त, जीवन बीमा र निर्जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ । त्यस्तै, बैंकिङ्ग, व्यापार, होटल तथा पर्यटन, विकास बैंक, लघुवित्त र लगानी उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले गिरावट आएको छ ।

आइतबार कारोबारमा आएको युनाइटेड इदी मार्दी आरबी हाइड्रोपावरको सेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै, तेह्रथुम पावर कम्पनीको सेयरमूल्य ८.६४ प्रतिशत, सामलिङ पावर कम्पनीको ६.५५ प्रतिशत र नेपाल फाइनान्सको ४.१८ प्रतिशत बढेको छ ।

यता, नारायणी डेभलपमेन्ट बैंक, युनाइटेड इन्स्योरेन्स, रुरु जलविद्युत कम्पनी र प्रिमियर इन्स्योरेन्सको सेयरमूल्य ४ प्रतिशतभन्दा बढी घटेको छ ।

कारोबार रकमका आधारमा ५८ करोड २ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री गरेर जीवन विकास लघुवित्त शीर्ष स्थानमा रहेको छ ।

लघुवित्तले लाभांश वितरण गर्ने घोषणा गरेसँगै लगानीकर्ताहरु उक्त लद्युवित्तमा आकर्षित भएका हुन् । त्यस्तै, नेपाल टेलिकमको १९ करोडभन्दा बढीको सेयर कारोबार भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर