माधव नेपालले भने- सरकार जेसुकै होस्, एमसीसी समर्थन गर्दैनौं (भिडिओ) – Nepal Press

माधव नेपालले भने- सरकार जेसुकै होस्, एमसीसी समर्थन गर्दैनौं (भिडिओ)

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले एमसीसीमा आफूहरूको समर्थन नहुने बताएका छन् । आइतबार संसद बैठकपछि संवाददाताहरूसँग कुरा गर्दै नेपालले एमसीसी पास गर्न आफूहरूको समर्थन नहुने बताएका हुन् ।

‘एमसिसीमा हाम्रो समर्थन छैन,’ उनले भने,‘सरकारले जसरी पनि लान खोजे सरकार जे हुन्छ, हुन्छ।’

एकीकृत समाजवादीको शनिबार बसेको स्थायी समिति बैठकले एमीसीसी सदनमा टेबल गर्न दिने निर्णय गरेको थियो ।

समाजवादीका सम्मानित नेता झलनाथ खनालले उक्त निर्णयको विरोध गरिरहेका छन् । संसदमा एमसीसी टेबल गर्दा पनि खनालले उठेर विरोध गरेका थिए ।


प्रतिक्रिया

One thought on “माधव नेपालले भने- सरकार जेसुकै होस्, एमसीसी समर्थन गर्दैनौं (भिडिओ)

  1. समर्थन गर्दैनाैं भन्नू र विराेधमा भाेट हाल्नु फरक कुरा हाे । समर्थन नगर्ने भनेकाे पास हुने दिन संसद छाेडेर पास गर्नलाई सजिलाे बनाईदिने भनेकाे हाे भने तिमीले गर्दा एमसिसि पास भएकाे मानिन्छ । त्यसाे भएमा तिमीलाई सरकारमा बस्ने नैतिक आधार हुँदैन । तर सरकार तिमी छाेडदैनाै । किनकी नैतिकता भन्ने चिज नै तिमीमा छदैछैन । प्रचण्डकाे पनि त्यहि हाे । अमेरिकाकाे पैसा खाएर उसकाे दलाली गर्ने अनि क्रान्तिकारी कुरा गरेर कार्यकर्ता बाहिर उचाल्ने दहीचिउरे काम नगर्न चेतावनी दिन चाहान्छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर