एमसीसीसहित सदनको कार्यसूची तयार, अर्थमन्त्रीले पेस गर्ने – Nepal Press

एमसीसीसहित सदनको कार्यसूची तयार, अर्थमन्त्रीले पेस गर्ने

काठमाडौं । प्रतिनिधिसभाको केहीबेरमा सुरू हुने बैठकको कार्यसूची तयार भएको छ । अमेरिकी सहयता परियोजना एमसीसी अन्ततः सदनको कार्यसूचीमा परेको छ ।

आइतबार बिहान बसेको प्रतिनिधिसभाको कार्यव्यवस्था तथा परामर्श समितिको बैठकपछि एमसीसीलाई कार्यसूचीमा राखिएको हो । एमसीसीलाई अर्थमन्त्री जनार्दन शर्माले संसद बैठकमा पेस गर्ने छन् ।

सत्ता गठबन्धन बैठकमा एमसीसी अगाडि बढाउने सहमति भएपछि यसअघि पेस नगर्ने अडान लिएका सभामुख अग्निप्रसाद सापकोटा सदनमा टेबलका लागि तयार भएका हुन् ।

कार्यव्यवस्था परामर्श समितिको बैठकमा माओवादीले असहमति राखेको थियो । प्रमुख प्रतिपक्ष एमाले भने बैठकमा सहभागि भएन । एमालेले सदनमा अवरोध कायम राख्ने भएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर