एमालेले सदन अवरोध जारी राख्ने – Nepal Press

एमालेले सदन अवरोध जारी राख्ने

काठमाडौं । सत्ता गठबन्धनबीच अमेरिकी सहयता परियोजना (एमसीसी) संसदनमा टेबल गर्ने सहमति गरेपनि प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले अवरोध जारी राख्ने भएको छ ।

प्रमुख सचेतक विशाल भट्टराईले आफ्ना माग सम्बोधन नगरेसम्म अवरोध कामय रहने बताए ।

‘उहाँहरूले सहमति गर्नुहुन्छ, उहाँहरुले टेबल गर्नुहुन्छ,’ उनले नेपाल प्रेससँग भने, ‘हाम्रो नाराबाजी कायम रहन्छ । हामी वेल घेरिराख्छौं । सभामुखले आफ्नो कदम नसच्याएसम्म विरोध जारी राख्छौं ।’

सभामुखले बोलाएको प्रतिनिधिसभा कार्यव्यवस्था तथा परामर्श समिति बैठकमा पनि एमाले उपस्थित छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर