संसदमा एमसीसी टेबल गर्न सत्ता गठबन्धनमा सहमति – Nepal Press
ब्रेकिङ

संसदमा एमसीसी टेबल गर्न सत्ता गठबन्धनमा सहमति

काठमाडौं । सत्तारुढ गठबन्धनमा एमसीसी टेबल गर्न सहमति भएको छ । भर्खरै बालुवाटारमा बसेको बैठकले एमसीसी टेबल गर्ने सहमति गरेको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जानकारी दिए ।

नेपालका अनुसार एमसीसीसँगै रोकिएका ४१ वटा विधेयक पनि सदनमा पेस गर्ने सहमति बनेको छ । ‘एमसीसी केपी ओलीकै पालामा संसद सचिवालयमा दर्ता भइसकेको छ । त्यसलाई सदनमा पेस गर्ने सहमति जुटेको छ ‘, उनले भने ।

सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेस एमसीसी जस्ताको तस्तै अनुमोदन हुनुपर्ने पक्षमा छ । गठबन्धनको प्रमुख घटक नेकपा माओवादी केन्द्र राष्ट्रिय सहमति नजुटाइ एमसीसी पास गर्न नहुने अडानमा छ । उसले एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय गरिसकेको छ ।

नेकपा एसले भने एमसीसी पेस भए पनि संशोधनबिना पास गर्न नहुने बताएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर