६ वर्षकी बालिका बलात्कारको अभियोगमा भरतपुर महानगरका सवइन्जिनियर पक्राउ – Nepal Press

६ वर्षकी बालिका बलात्कारको अभियोगमा भरतपुर महानगरका सवइन्जिनियर पक्राउ

चितवन । चितवनको भरतपुर महानगरमा कार्यरत एक कर्मचारी ६ वर्षीया बालिका बलात्कारको आरोपमा पक्राउ परेका छन् ।

भरतपुर महानगरको वडा नम्बर २९ कार्यालयका सवइन्जिनियर जीवन पौडेललाई चितवन प्रहरीले पक्राउ गरेको हो ।

पीडित बालिकाकी आमाका अनुसार पौडेलको घरमा छोरीसहित उनी डेरा गरी बस्थिन् । पौडेलको ७ महिनाकी छोरी खेलाउने क्रममा उनको कोठामा गएकी ती बालिकालाई पौडेलले बलात्कार गरेका हुन् ।

घटनापछि बालिकाले आफूलाई पौडेलले यसअघि पनि पटक-पटक बलात्कार गरेको र उक्त घटना कसैलाई नभन्न दबाब दिएको बताएकी छन् ।

चितवनका प्रहरी प्रमुख एसपी नवराज अधिकारीले बलात्कार आरोप लागेका पौडेललाई हिरासतमा लिएर अनुसन्धान अघि बढाएको जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *